राष्ट्रिय गौरवको दमक भ्यू टावरको निर्माण कार्य सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको झापाको दमक नगरपालिका वडा नं. ३ ढुकुरपानीस्थित  ‘दमक भ्यू टावर’ निर्माणको कार्य सम्पन्न भएको छ।

नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो रहेको छ। करिब डेढ अर्ब लागतमा भ्यू टावर निर्माण सम्पन्न भएको हो। पहिला अनुमान गरिएभन्दा ५ प्रतिशत बढी रकम लागेको शहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका इन्जिनियर भूपेन्द्र यादवले बताए ।

यादवका अनुसार एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ। १ अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको उनको भनाइ छ। २०७६ साल असार २७ गते निर्माण सुरु भएर तीन वर्षभित्र सम्पन्न गर्ने भनिएता पनि कोभिडलगायतका कारणले निर्धारित समयमा निर्माण सम्पन्न भएको थिएन। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री तथा एमाले नेता रामबहादुर थापा लगायतको टोली शुक्रबार भ्यू टावर पुगेका थिए् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर