राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताए। उपाध्यक्ष अर्यालले बिहीवार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी थिइन्। अध्यक्ष दाहालले भने,‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर