कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रबार गुरुङको निलम्बन फुकुवा गर्ने आदेश जारी गरेको वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी दिएका छन् ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि कानुनी व्यवस्थाअनुसार उनी स्वतः निलम्बनमा परेको संसद सचिवालयलले जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर