बागमतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमत जुट्यो

काठमाडौं । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टी दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई लिएर बिहीबार सरकार बिस्तार गरेका छन् ।

प्रदेश प्रमुख यादव शर्माले हानेपा संसदीय दलका नेतासंस्कृति पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराए । बज्राचार्यले मातृभाषा नेपाल भाषामा शपथ लिए । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै बागमती प्रदेशलाई अनिर्णयको बन्दी बनाउन नहुने भएकाले सरकारमा सहभागी भएको उनले बताए । हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएसँगै जम्कट्टेल नेतृत्वको सरकारले बहुमत प्राप्त गरेको छ ।

सरकार बनाउन ५६ सांसद आवश्यक पर्नेमा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत थियो । हानेपाको बागमती प्रदेशमा दुई सांसद रहेका छन्। यसअघि बिहीबार साँझ बसेको चाल दलको बैठकले बागमती प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेको थियो् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच प्रदेशसभाको बाँकी समय सहकार्य गर्नेलगायत ५ बुँदे सहमति गरेका हुन् । सहमतिअनुसार बाँकी कार्यकाल दलहरुबीच आलोपालो गरी प्रदेशको नेतृत्व लिने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर