नेप्से ४.७८ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा बन्द भएको छ। आज कूल ६६ लाख १२ हजार ८८५ कित्ता शेयर २ अर्ब ६५ करोड २६ लाख ९० हजार रुपैयाँमा कारोबार हुँदा ११९ वटा कम्पनीको शेयरमूल्य बढेको छ। ११६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्‌ भने १० कम्पनीको शेयरमूल्य स्थिर छ।

साताभर नै घट्दो क्रममा रहेको नेप्से झिनो अंकले बढ्दा आज हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका शेयरधनीले प्रतिकित्तामा १० प्रतिशत (२८.७० रुपैयाँ) कमाएका छन्‌। यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३१५.७० रुपैयाँ पुगेको छ। साताभर नै सकारात्मक सर्किट लाग्दै आएको सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रतिकित्ता शेयरमूल्य पनि ९८.१० रुपैयाँले बढेर १०८२.७० रुपैयाँ पुगेको छ। आज एकै दिन यो कम्पनीको शेयर ९.९६ प्रतिशतले वृद्धि भई सर्वाधिक कारोबार गर्न सफल भएको छ।

त्यसैगरी सर्वाधिक गुमाउनेहरूमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्‌। यी दुई कम्पनीका शेयरधनीहरूले प्रतिकित्ता शेयरमा क्रमशः १६५ र १४५.४० रुपैयाँ गुमाएका छन्‌। दुबै कम्पनीको शेयरमूल्यमा १० प्रतिशत गिरावट भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर