भक्तपुरमा ग्यास लिक भई एकजनाको जलेर मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा मंगलबार ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनापछि उनलाई धुलिखेलपछि मंगलबार राति कीर्तिपुर लागिएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर