मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही अन्यत्र आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशसहित अन्य एकाध स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ। साथै, राति  देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका अन्य भू–भागमा समेत हल्कादेखि मध्यम वर्षा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर