सुनकोशी नदीमा डुबेका तीनै जना बालबालिकाको शव फेला

काठमाडौं । उदयपुरमा  चैत ११ गते आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ ।

त्रियुगा नगरपालिका–१४ साउने बजारका १२ बर्षीया रेखा मगर, ९ बर्षीया रिदम मगर र १२ बर्षीय लोकबहादुर मगर पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बेपत्तामध्ये ९ बर्षीया रिदम मगरको शव हिजो मंगलबार बेलुका घटनास्थलभन्दा एक किलोमिटर तल घिर्लिङ भन्ने ठाउँमा भेटिएको थियो । आज बिहान १२ बर्षीया रेखा मगरको शव घटनास्थलदेखि दुई किलोमिटर तल सिम्लेमा फेला परेको थियो भने अर्का बालक १२ बर्षिय लोकबहादुर मगरको शव आज बुधबार दिउँसो सोभन्दा एक किलोमिटर तल फेल परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

बेपत्ता बालबालिकाको खोजिका लागि सशस्त्र प्रहरी बल नम्बर १ बराहबाहिनी पकलीका प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डको ११ सदस्यीय आधुनिक बोटसहितको गोताखोरको टोरी र नेपाल प्रहरीसँगै स्थानीय वासी खोजतलासमा जुटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर