नेप्सेमा १०.८३ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १०.८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५१ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सर्वोत्तम सिमेन्ट लिमिटेड र हिमालयन ८०–२० रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर