मेयर हमालकी छोरी सम्पर्कमा आइन्

काठमाडौं । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिएकी छन् । छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएको छ ।

आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी अस्तिदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर