माओवादीले एक्लै उपचुनावमा भाग लिने

काठमाडौं ।  सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम र बझाङको उपचुनावमा आफ्नै पार्टीको उम्मेदवार दिने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधिसभामा इलाम–२ र प्रदेशसभामा बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उम्मेदवारको नाम भने छलफल गर्न बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताए । यसअघि एमालेले दुबै क्षेत्रमा उम्मदेवार टुंगो लगाइसकेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर