नेपाल बहराइनसँग फेरि पराजित

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटमा नेपाल बहराइनसँग फेरि पराजित भएको छ ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल ‘होम’ एन्ड ‘अवे’ बहराइनमै खेलेको थियो ।पहिलो खेलमा ५–० को पराजय भोगेको नेपालले बुधबार बिहान सकिएको दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित भएको छ । बहराइनको जितमा सैयद बाकर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए ।

बहराइनले पहिलो हाफमै गरेको ३ गोल नै निर्णायक बन्यो  । खेलको सातौँ  मिनेटमा सैयद बाकरले गोल गरेपछि बहराइनले खेलमा १–० को अग्रता बनायो । १८औँ  मिनेटमा बहराइनका लागि अब्दुल्ला युसुफले पेनाल्टीमार्फत गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।   ३६औँ मिनेटमा कामिल अलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर