आयरल्यान्ड ए विरुद्ध नेपाल ७१ रनले विजयी

काठमाडौं । नेपालले दोस्रो टी २० खेलमा आयरल्यान्ड ए विरुद्ध ७१ रनले जित निकालेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । यसअघि आयरल्यान्डसँगको पहिलो खेलमा पनि नेपाल ६ विकेटले विजयी भएको थियो । दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ ।

आज भएको खेलमा एक सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिन पुग्यो । आयरल्यान्डका लागि स्टेफेन डुहेनीले २६ रन बनाए । यस्तै मोर्गन टोपिङले २१, काडे कार्माइकलले १८, कप्तान नेल रक र रोस अडिरले १७–१७ तथा ग्रेथ डेलानीले १५ रन बनाए । आयरल्यान्डलाई सस्तैमा समेट्न बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन विकेट लिए । यस्तै करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर