शेयर बजारमा दोहोरो अंकको सुधार, २ अर्ब ३५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार दोहोरो अंकको सुधार भएको छ । नेप्से १०.१४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० विन्दुमा बन्द भएको हो ।  नेप्सेमा आज २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १६८ वटाको बढेको छ भने ६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा दोल्ती पावर कम्पनी लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.३५ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ९ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर