रास्वपालाई सरकारमा सामेल हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच आइतबार प्रधानमन्त्रीनिवास बालुवाटामा भेटघाट भएको छ । हालै सम्पन्न उपनिर्वाचनमा चितवनबाट निर्वाचित भएपछि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच यो पहिलो भेटघाट भएको हो ।
भेटघाटमा प्रधानमन्त्री र सभापति लामिछानेबीच मुलुुकको समसामयिक राजनीतिक विषयमा भएको कुराकानीको क्रममा प्रधानमन्त्री प्रचण्डले चुनावमा विजय हासिल गरेकोमा लामिछानेलाई बधाई दिएको थियो ।
भेटघाटमा प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा सामेल हुन आग्रह गरेकोमा सभापति लामिछानेले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक सोमबार बस्ने र बैठकमा छलफलपछि मात्रै स्थिति स्पष्ट हुने बताएको लामिछाने निकट स्रोतले जनाएको छ । रास्वपाभित्र सरकारमा सामेल हुने कि नहुने भन्ने विषयमा दुई धार देखिएको उक्त पार्टीका नेताहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर