नेपालले जितका लागि आयरल्यान्डलाई १९९ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि आयरल्यान्डलाई एक सय ९९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९८ रन बनाएको हो । नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्ने कोसिसमा छ । यसअघि सोमबार भएको सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । यता भ्रमणकारी आयरल्यान्ड नेपाललाई रोक्दै सिरिजमा बराबरी गर्ने अभियानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर