नेपाल-बहराइनबिच दोस्रो चरणको लेग हुने

काठमाडौं । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल-बहराइनबिच लेग हुने भएको छ । पहिलो लेगमा पराजित नेपाल आज फेरि खेल्न लागेको हो ।
समूह एच’ मा रहेको नेपालले विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई १-० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ ।
नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५-० को फराकिलो हार व्यहोरेको थियो । बहराइनसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, दशरथ रंगशालाको स्तर खेल्न लायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो । बहराइनको राष्ट्रिय रंगशालामा नेपाली समयानुसार राति १२ः४५ बजेदेखि दोस्रो लेग सुरु हुनेछ ।
प्रतिक्रिया