सुन प्रति तोला तीन सय सस्तियो

काठमाडौं । आज मंगलबार सुनको भाउमा तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ रहेको छ। तेजावी सुनको भाउ सोमबार तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। आज मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर