आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई हराएको छ । बेंगलुरुको यो पहिलो जित हो । उद्घाटन खेलमा बेंगलुरु चेन्नईसँग पराजित भएको थियो । घरेलु मैदानमा हिजो भएको खेलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो ।

पञ्जाबले दिएको १ सय ७७ रनको लक्ष्य बेंगलुरुले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसिबिका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७७ रन बनाए । यस्तै दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्कासहित २८ रनको अविजित इनिङ खेले । हर्शल पटेलले २ चौका र २  छक्का हाने । पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २–२ विकेट लिए ।

यस्तै स्याम करन र हरशल पटेलले १–१ विकेट लिए । त्यसअघि  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । शशाङ्क सिंहले २१ रन जोडे । बेंगलुरुका लागि मोहम्मद सिरज र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए । यस्तै यश दयाल र अलजारी जोसेफले १–१ विकेट लिए । आईपिएलमा आज चेन्नई सुपरकिंङस र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर