अछाममा ट्याक्टर पल्टिँदा पाँच जनाको घटनास्थलमै मृत्यु

काठमाडौं ।  अछाममा ट्याक्टर पल्टिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ  । आज बिहान मेल्लेख गाउँपालिका १ मा भएको दुर्घटनामा वडा नम्बर ७ का स्थानीय ५५ वर्षका रंग धामी, ४५ वर्षका प्रेम धामी, ३७ वर्षका नरबहादुर धामी, १५ वर्षका जनक धामी र २१ वर्षका अर्का जनक धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लालबहादुर धामी, हंश धामी र नाम नखुलेका एक जना बालकलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डीएसपी सन्तोष पाठकले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर