अन्तर्राष्ट्रिय टी-२० श्रृङ्खलाः नेपालले आज आयरल्याण्डको सामना गर्दै

काठमाडौं । नेपाल र आयरल्याण्ड ए बिचको अन्तर्राष्ट्रिय टी–२० शृङ्खला आजबाट सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदानमा आज नेपालले आयरल्याण्डको सामना गर्दैछ ।

शृङ्खलाको दोस्रो खेल भोलि हुनेछ । त्यसपछि आयरल्याण्डको ए टोलीले नेपालको ए टिमसँग टी(२० र एक दिवसीय श्रृङ्खला खेल्ने तालिका रहेको छ । समग्रमा टेस्ट राष्ट्र आयरल्याण्डको ए टोलीले नेपालमा ८ खेल खेल्नेछ ।

नेपालको नेतृत्व रोहितकुमार पौड्यालले गर्नेछन् । क्यानले घोषणा गरेको नेपाल ‘ए’ टी–२० को टोलीमा भने विनोद भण्डारीको कप्तानीमा लोकेश बम, देव खनाल, पवन सर्राफलगायत रहेका छन् । आइसिसि टी२० विश्वकप अघि नेपालले यस खेललाई तयारीका रुपमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर