आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको विजयी शुरुवात

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सले विजयी शुरुवात गरेका छन् । हिजो भएको दोस्रो खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले हरायो । कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २ सय ४ रन मात्र बनाउन सक्यो । हैदराबादका हेरिक क्लासनले सर्वाधिक ६३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै ओपनरद्वय मायांक अग्रवाल र अभिषेक शर्माले समान ३२ रन जोडे । कोलकाताका हर्षित रानाले सर्वाधिक तीन, आन्द्रे रशेलले दुई तथा वरुण चक्रवर्ती र सुनिल नारायणले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । कोलकाताका आन्द्रे रसेलले अविजित ६४ रन बनाए । ओपनर फिलिप साल्टले ५४ रन जोडे । हैदराबादका टी नटराजनले ३ तथा मंयक मारकण्डेले २ विकेट लिए । हिजो भएको पहिलो खेलमा पन्जाबले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो ।

दिल्लीले दिएको १ सय ७५ रनको लक्ष्य पञ्जाबले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल र लखनउ सुपर जायन्स् तथा राती पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर