चिर्कटो उजुरीको भरमा राजीनामा दिन्न : गृहमन्त्री रवि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको प्रष्टीकरण दिएका छन् । सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले शनिबार यसबारे प्रष्ट गरेका हुन् ।

लामिछानेले भनेको बेलामा महरालाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले यो विषयलार्इ अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे । उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै काम गर्न नसकेको बेला मात्रै पद त्याग्ने स्पष्ट गरे । एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा राजीनामा नदिने बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको चुनौती दिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेको दाबी गरे । उपसभापति वाग्लेले रास्वपा अभिमन्युझैँ चक्रभित्र पस्न मात्रै जान्ने र निस्किन नजान्ने नभर्इ चक्रभित्र बसेर पनि निस्किने रोडम्याप आफूहरुसँग रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर