एम्बाप्पेको ओलम्पिक खेल्ने सपना

काठमाडौं । फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसै वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् ।

फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पूर्वफुटबलर थियरी हेनरीले गरिरहेका छन् । एम्बाप्पेले ओलम्पिक खेल्ने आफ्नो सपना बारे भनेका छन्, ‘मैले सधै ओलम्पिक खेल्ने इच्छा व्यक्त गर्दै आएको छु । जुन अहिले पनि परिवर्तन भएको छैन । यदि मैले ओलम्पिक खेल्ने अवसर पाए भने तो सपना पूरा भएको हुनेछ । यो निर्णय एक व्यक्तिमाथि रहेको छ, जसले अहिलेसम्म हुन्छ या हुँदैन केही भनेका छैनन् ।’

तर एम्बाप्पेले रियल म्याड्रिडमा गएमा भने उनको ओलम्पिक खेल्ने सपना पूरा हुने छैन । क्लबसँगको सम्झौताअनुसार उनले ओलम्पिकमा सहभागिता जनाउन सक्ने छैनन् । यस अर्थमा एम्बाप्पेले यसको निर्णय गर्ने व्यक्ति भनेको रियल म्याड्रिडका प्रेसिडेन्टलाई भनेको हुनसक्ने अनुमान गरिएको छ । ओलम्पिकमा फुटबलको नियमअनुसार यू–२३ खेलाडीले भाग लिन पाउने भए पनि २३ वर्षभन्दा बढी उमेरका बढीमा तीन खेलाडीले खेल्न पाउने नियम रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर