देशभरको मौसम खुल्न अझै तीन–चार दिन लाग्ने

काठमाडौं । देशभर तथा काठमाडौं उपत्यकको मौसममा सुधार हुन अझै तीन–चार दिन लाग्ने भएको छ। मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र भारतको बिहार नजिक बनेको न्यूनचापीय प्रणालीको असर अझै केही दिन पर्ने देखिएकाले मौसम खुल्न अझै केही दिन लाग्ने देखिएको छ।

महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार उक्त प्रणालीको कारण अहिले काठमाडौं उपत्यकासहित देशैभरको मौसम बदली भएको छ। जसका कारण गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने रोक्ने क्रम जारी छ ।

उनले भने, “पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको असरका कारण देशैभरको मौसम बदली भएको छ, यसको असर केही दिन रहने भएका कारण तीन÷चार दिनसम्म मौसम खुल्ने देखिन्न।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर