अलपत्र १३ जना नेपालीको उद्धार

काठमाडौं । थाइल्यान्ड र म्यानमारको सिमानामा अलपत्र १३ जना नेपालीको उद्धार भएको छ । चिनियाँ आपराधिक समूहको जालोमा परेर त्यहाँ पुगेका उनीहरुलाई हिजो उद्धार गरी काठमाडौं ल्याइएको हो । म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये १३ जनालाई उद्धार गरी नेपाल ल्याइएको थाइल्यान्डमा रहेको नेपाली दूतावासले जनाएको छ ।

थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्युरो र नेपाली राजदूतावासको समन्वयमा उनीहरुको उद्धार भएको हो । उद्धार भएका नेपालीले त्यहाँ अरु नेपाली पनि अलपत्र परेका बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर