कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । इलेक्ट्रिक चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिर जमानीमा छाड्ने सहमति दिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं न्यायाधिवक्ता सीताराम अर्यालयले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार महराको बयान कार्य सम्पन्न भइसकेको र उनको उमेर तथा शाररिक अवस्थाले समेत भाग्ने सम्भावना नभएकाले निजलाई हाजिरी जमानीमा छाड्न अनुसन्धान अधिकारीले गरेको अनुरोधलाई जिल्ला सरकारी वकिलको कार्यालयले सहमति दिएको हो ।

महरा विभिन्न रोगका कारणले हिरासतको अवधिमा पनि अस्पतालमा उपचाररत रहेको, शारीरिक अवस्था कमजोर देखिएको, निज महरा बृद्ध नागरिक रहेको र बयान कार्यसमेत सम्पन्न भएको हुँदा उनलाई हिरासतमा राखिराख्न आवश्यक र उपयुक्त नदेखिएको हुँदा पछि आवश्यक परेको बखतमा उपस्थित गराउने कुराको सुनिश्चितता गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १ (२) बमोजिम छोरा निर्मल महराको जिम्मामा छाड्न सहमति दिएको प्रवक्ता अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर