महरालाई हाजिरीजमानीमा छाड्ने तयारीको चर्चा
काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी गरिएको बुझिएको छ । अदालतबाट प्राप्त ४ दिनको म्याद सकिएसँगै महरालाई आज म्याद थपका लागि अदालत पेश गरिन लागेको हो ।
अदालतमा स्वास्थ्य अवस्था कमजोर देखाएर अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न अनुरोध गरिने सिआइबीलाई गुहमन्त्रालयले भन्न लागेको चर्चा चलेसँगै महरानिवासमा विशेष तयारी भइरहेको बुझिन्छ । बयानपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। महरालाई अस्पतालले साँझ भर्ना गर्ने र बिहान डिस्चार्ज गर्ने गरिएको छ ।
प्रतिक्रिया