आज शुक्रबार सुन तोलामा १३ सय घट्यो

काठमाडौं । आज शुक्रबार छापावाल सुनको प्रति तोलामा १३ सय रुपैयाँ घटेको छ । हिजो बिहीबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलामा १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रति तोला ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर