सूर्यदर्शन सहकारीपीडितले उजुरीपत्र बुझाए

काठमाडौं । पोखराका सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताहरूले सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार उजुरी दिएका छन्। ७ जना पीडितले समितिका सभापति रामहरि खतिवडासमक्ष ध्यानाकर्षणसहित उजुरीपत्र बुझाएका छन्। सिंहदरबारस्थित समितिको कार्यकक्षमा सभापति खतिवडासमक्ष पीडितहरूले आफ्ना मागहरू पढेर सुनाएका थिए। कास्कीबाट काठमाडौं आएका बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठसहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धानबाट किटान गरेका व्यक्तिलाई कारबाही माग गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर