“के रवि लामिछाने स्वर्गबाट आएका हुन् ? उनीमाथि छानबिननै गर्न नहुने?”

काठमाडौं । प्रतिनिधिसभाको आज बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्रीउपर सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठन गर्न माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनबाटै छानबिन समिति गठनको माग गरिन् । अप्ठयारो समयका लागि भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उनले छानबिन समिति गठनको माग गरेकी हुन् ।

“सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुुपर्छ । सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ”, सांसद न्यौपानेले भनिन्, “गरिबले पेट काटेर जम्मा गरेको रकम दुरुपयोग भएका भनी सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । सो विवरणमा बचतकर्ताको करोडौँ रकम हिनामिना भएको देखिएको छ ।”

सांसद न्यौपानेले सहकारी ठगीमा रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा किन डराएको भन्दै प्रश्नसमेत गरिन् । उनले स्वार्थ बाझिएका लामिछानेमाथि छानबिन गर्नै नहुने गरी उनी स्वर्गबाट आएका हुन् भन्दै प्रश्न उठाएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर