टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २४ र २५ तारिख टी–२० सिरिज खेल्नेछ । त्यसपछि नेपालले भारतमा बरोडा र गुजरात क्रिकेट सङ्ससँग मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म एसएमएस फ्रेन्डसिप कप क्रिकेट खेल्नेछ । भारतमा नेपालले मार्च ३१ र अप्रिल ३ तारिख गुजरातसँग र अप्रिल २ र ५ तारिख बरोडासँग खेल्नेछ ।

लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले आयरल्यान्ड र भारतको दुई टोलीसँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेल्न लागेको हो । यसैबिच नेपालको ‘ए’ टोलीले आयरल्यान्डसँग मार्च २६, २९ र ३१ तारिखमा टी–२० सिरिज तथा अप्रिल ३, ५ र ७ तारिख एकदिवसीय क्रिकेट खेल्ने क्यानले जनाएको छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर