बारामा तीन वर्षको पोथी बाघलाई गोली हानेर मारियो

काठमाडौ । बाराको तामागढी साझेदारी वन क्षेत्रभित्र करिब तीन वर्षको पोथी बाघ मंगलबार मृत फेला परेको छ । बाघलाई नाकको माथिल्लो भागमा गोली हानेर मारिएको अवस्थामा भेटिएको कोहल्वी सव डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रका प्रमुख अब्दुल मियाँ अन्सारीले बाराको तामागढी साझेदारी वन क्षेत्रभित्र गोली हानेर मारिएको अवस्थामा तीन वर्षको पोथी बाघको पुच्छर, दाँत र जुँगासमेत चोरी भएको जानकारी दिए ।

बारामा डेढ महिनाको अन्तरमा बारामा करिब आठ वटा बाघ मरिसकेका छन् । गाँउघरमा बाख्रा हराएको भन्दै गाँउलेहरु जंगलमा बाख्रा खोज्न जाँदा उनीहरुले बाघ मरेको देखेर हामीलाई खबर गरेका थिए । बाघ गोली लागेको मरेको अवस्थामा फेला पारेको सव डिभिजन प्रमुख अन्सारीले बताए ।

गोली लागेर मरेको अवस्थामा बाघ भेटिएकोले सोसम्बन्धी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । बाघको अवस्था हेर्दा दुई दिनअघि मारिएको हुनसक्ने अनुमान गरिएको छ । बाघको पोष्टमार्टम गरेर परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने तयारी भएको कार्यालयले जनाएको छ । सन् २०२२ को डिसेम्बरमा भएको राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा दुर्लभ पाटेबाघ रहेको तथ्यांक छ । बारा–पर्सामा पछिल्लो केहीदिन यता भटाभट मरेका बाघ फेला पदैृ आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर