गृहमन्त्रीविरुद्ध दिएको उजुरी प्रमाण होइन ? प्रधानमन्त्रीज्यू : कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा दोषी नभएको भनी दिएको अभिव्यक्तिलाई विपक्षी दल नेपाली कांग्रेसले चित्त नबुझेको प्रतिक्रिया दिएका छन्।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज बसेको प्रतिनिधिुभाको बैठकमा भने, ‘पीडितले दिएको उजुरी प्रमाण होइन ? यसलाई प्रधानमन्त्रीले राम्रोसँग हेर्नुभएको छैन ? प्रधानमन्त्री पोखरा जाँदा हाम्रो रकम अपचलन भयो भनेर दिएको उजुरी प्रमाण होइन ? तपाईंकै क्याबिनेटका सदस्य मन्त्री हुन् भनेका होइनन ?’

लेखकले प्रधानमन्त्री दाहालले नै लामिछानेबारे गलत सूचना राखेको बताए। “रवि लामिछानेले पैसा फिर्ता गरेको कागज प्रमाण होइन ? यो प्रमाण होइन भने प्रमाण के हो ? प्रचलित कानुनबमोजिम प्रमाण भनेको तत्काल प्राप्त प्रमाणबाट छानबिन गर्नुपर्दैन ? प्रधानमन्त्री नै अध्यारोपमा रहेपछि निष्पक्ष अनुसन्धान कसरी हुन्छ ?” लेखकले प्रश्न गरे।

उनले संसदीय समिति बनाएर लामिछानेमाथि छानबिन गर्न माग गरे। यसअघि प्रश्न उठेपछि मन्त्रीहरुले पदबाट राजीनामा गरेका गरेका अनेकौँ उदाहरण भएको बताउँदै लेखकले लामिछानेलाई पनि त्यहीँ बाटो अवलम्बन गर्न सुझाव दिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर