मौसम : पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो, मधेश र कोशीसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।
यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया