मधेश प्रदेशमा कांग्रेसका मन्त्रीहरू बर्खास्त

काठमाडौं । मधेश प्रदेशकाका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । नयाँ सत्ता गठबन्धनसगै कांग्रेसबाट सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्दै एमालेलाई मधेस सरकारमा समावेश गरी मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।

नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले कार्यभार सम्हालेको केही घण्टा नबित्दै मुख्यमन्त्री यादवको सिफारिसमा कांग्रेसका मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर