सडक दुर्घटनामा मालपोत कार्यालय प्रमुख रावतको मृत्यु

काठमाडौं । रुपन्देहीमा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलकबहादुर रावतको मृत्यु भएको छ। भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि गए राति भएको दुर्घटनामा परेर रुकुमको मुसिकोट नगरपालिका–१ घर भएका ४२ वर्षका रावतको ज्यान गएको प्रहरीले जनाएको छ ।

बा २१ च ७५५३ नम्बरको कारले प्रदेश ३–०२ ००१ ब ४८० नम्बरको मोटरसाइकलमा चढेका रावतलाई ठक्कर दिएको थियो । कारका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का अलाउद्दिन मुसलवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर