दुर्गा प्रसाईंका दुईजना बडिगार्ड पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना निजी अंगरक्षक (बडिगार्ड) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ। प्रसार्इंका ती दुईजना बडिगार्ड ंसर्वोच्च अदालतपरिसरमा हातहतियारसहित भित्र प्रवेश गर्न लाग्दा सर्वोच्चको सुरक्षार्थ तैनाथ प्रहरीले पक्राउ गरेको हो।

सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीले हतियारसहित अदालतमा प्रवेश गर्न नपाइने व्यवस्था भएकोमा त्यस व्यवस्थाको उनीहरूले उल्लंघन गरेका प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले ती द्वय बडिगार्डलाई नियन्त्रणमा लिएपछि काठमाडौं प्रहरीमा बुझाएको छ । सर्वोच्च अदालतमा दुर्गा प्रसाईंले दिएको निवेदनउपर मुद्दा चलिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर