दीपेश पुनलाई न्यायिक हिराशतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगीमा संलग्न पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत रूपन्देहीबाट पुनलाई शुक्रबारदेखि गणना हुनेगरी ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ।
पुन सहकारीको तत्कालीन कोषाध्यक्ष हुन्। उनी सुन तस्करीमा पनि मुछिएका छन् । सुन तस्करीसम्बन्धी उनले बेग्लै मुद्दा बेहोर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर