राप्रपा नेता ठाकुरमोहनलाई कुटपिट गर्ने तीनजना निलम्बित

काठमाडौ । केही दिनअघि आफ्नै पार्टी अफिसमा आफ्नै कार्यकर्ताद्वारा कुटिएका राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठलाई न्याय दिने हिसाबले अध्यक्ष राजेन्द्र लिङदेनले तीनजनालाई निलम्बन गरेका छन् ।
पार्टीका सहमहामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बमलाई अध्यक्ष लिङदेनले चार वर्षका लागि पार्टीको अनुशासन समितिले बुझाएको प्रतिवेदनका आधारमो कारवाही गरेका हुन् ।
गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला श्रेष्ठमाथि कुटपिट भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर