सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गर्दा ३३ जना सैनिकको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकी मुलक बुर्किना फासोमा रहेको सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गर्दा ३३ जना सैनिकको मृत्यु भएको छ ।

घटनामा १२ जना घाइते भएका हुन् । सेनाले ४० जना विद्रोहीलाई मारेको केही समयमै विद्रोहीले सैन्य शिविरमाथि आक्रमण गरी यति ठूला क्षति पुर्याएको हो ।

बुर्किना फासोमा सन् २०१५ देखि विद्रोहीको संघर्ष जारी रहँदा हालसम्म दुवैतर्फ गरी १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ। लाखौं मानिसहरू विस्थापित भइसकेका छन् ।

पछिल्लो समय विद्रोही समूहले सर्वसाधारण नागरिकलाई निशाना बनाउन थालेसँगै सेनाले विद्रोही विरुद्धको कारबाही तीव्र पारेको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर