सरकारको न्यूनतम कार्यक्रम सोमबारसम्म सार्वजनिक गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीनिवास बालुवाटारमा आज शनिबार सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।

कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूलाई पनि मस्यौदा बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् कार्यदलका सदस्य डा. मुकुल ढकालले बताए । उनले शीर्ष नेताहरूले मस्यौदालाई अन्तिम रूप दिई सोमबारसम्म सार्वजनिक गर्ने तयारी रहेको जानकारी पनि दिए । साझा न्यूनतम कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाहरू विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्ने विषयहरू समेटिएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर