वैदेशिक अध्ययन अनुमतिपत्र लिन विद्यार्थीको थामी नसक्नु चाप

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन शाखामा अध्ययन अनुमतिपत्र (एनओसी) लिन हाल दैनिक तीन हजार पाँच सयसम्म विद्यार्थी जाने गरेका छन् । पछिल्लो समय एक्कासि विद्यार्थीको चाप बढ्न थालेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले एनओसी वितरणका लागि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म कार्यालय खोल्दा पनि मागे जति सबैलाई एनओसी दिन नसकिएको बताए । उनले पछिल्लो समय जापान र कोरिया जान एनओसी चाहने विद्यार्थीको सङ्ख्या अकस्मात् बढेको बताए ।

सामान्य अवस्थामा उक्त शाखाले दैनिक एक हजार पाँच सयको हाराहारीमा एनओसी वितरण गर्ने गरेको थियो तर विद्यार्थीको भिड बढ्न थालेपछि केही दिनअघि एकै दिनमा दुई हजार चार सय जनालाई एनओसी दिइएको थियो ।
एनओसी शाखाले पहिलो चरणमा बोर्डको सफ्टवेयरसँग मात्रै आफ्नो सफ्टवेयर ‘इन्ट्रिग्रेसन’ गराएको छ । त्यसैले तत्कालका लागि यस्तो सुविधा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले मात्रै लिने गरेका छन् । साथै उनीहरूको नागरिकता प्रमाणित गराउन शिक्षा मन्त्रालयले गृह मन्त्रालयअन्तर्गतको नागरिकता सूचना व्यवस्थापन प्रणालीसँग पनि आफ्नो सफ्टवेयर ‘इन्ट्रिग्रेसन’ गराएको छ । यस्तै अनलाइनबाट कागजपत्र पेस गर्दा ती दुई निकायसँग ‘म्याच’ नहुने समस्या बढेकाले विद्यार्थीको भीड बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर