वर्षाले नेपाल र कुवेतको खेल अवरुद्ध

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ ।

टियु मैदानमा जारी खेलमा वर्षा भएपछि खेल रोकिएको छ ।

पहिला ब्याटिङ गरेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए । अहिले रोहित पौडेल र कुशल मल्ले नेपालको पारी सम्हालेका छन् ।

पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर