सहकारी ठगीमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन रूपन्देही चलान

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राति बुटवलमा लगिएको छ। सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले बुटवल लगिएको हो । उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाएको रूपन्देही प्रहरीले ​बताएको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई राति नै बुटवल लगिएको प्रहरीले जनाएको छ। आफू कोषाध्यक्ष रहेको सहकारीका १० हजार बचतकर्ताको १ अर्ब २५ करोड रकम हिनामिना प्रकरणमा दीपेश जोडिएका छन्। उनलाई शुक्रबार साँझ सिआइबीले काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर