पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं ।  पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका विदेश सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दायर भएको छ । विभिन समयमा त्रिभुवन विमानस्थलबाट बरामद भएको १३८ किलो सुन प्रकरणमा जोडिएका गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा आज मुद्दा दायर भएको हो । १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगोबमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । गुरुङ काठमाडौंको डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर