पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ, डिआइजी किरण बज्राचार्यको सरुवा

काठमाडौं । मन्त्रिपरिषदको आज शुक्रबार साँझ बसेको आकस्मिक बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन लैजाने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सञ्चार एवं सूचनामन्त्री रेखा शर्माले हिजो जाँचबुझ आयोगले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ र आज त्यो प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाइृ बुझाएको केही घन्टाभित्रै प्रतिवेदनमा कारवाहीका लागि सिफारिस गरिएकामाथि कारवाही गर्न सरकारले तदारुकता देखाएको स्पष्ट पारिन् ।
मन्त्री शर्माले सरकार प्रधानमन्त्रीको सुन तस्करी प्रकरणमा दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने स्पष्ट दिशा निर्देश रहेको उल्लेख गरिन् । मन्त्री शर्माले यसै सिलसिलामा जाँचबुझ आयोगले कारवाहीका लागि सिफारिस गरिएका सिआइबीका प्रमुख एवं नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई प्रहरी केन्द्रीय कार्य विभागमा र उनको स्थानमा अर्का अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई सरुवा गर्ने निर्णय पनि जानकारी दिइन् ।

(किरण बज्राचार्य)

पूर्वउपराष्ट्रपतिका छोरा पक्राउ

नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई शुक्रबार साँझ पक्राउ गरेको छ । पुनलाई केही समयअघि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले बताए । ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग सम्बन्ध देखिएपछि पुनलाई छानबिनको दायरामा राखिएको थियो ।

पुन माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत हुन् । सुन तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा छानबिन आयोग गठन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर