सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार

काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले मस्यौदा तयार परेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए ।

उनले कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताए । उनले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसमा आशा र विश्वास जगाउने, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको जानकारी दिए ।
कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जनता समाजवादी पार्टीबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनीष सुमन सदस्य थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर