कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । सभामुखले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी विधेयक टेबुल गर्न समय दिएपछि कांग्रेसका सांसदहरूले सहकारी पीडितको मागबारे सदनमा जिम्मेवारपूर्ण जवाफ नदिएसम्म बैठक चल्न नसक्ने अडान राखेका थिए । राजीनामाको मागसँगै सत्तापक्षका सांसदहरूलाई सभामुखले बोल्ने समय दिँदा कांग्रेसका सांसदहरू आक्रोशित भएर बैठक अवरुद्ध गरेका हुन् । त्यसपछि सभामुखले  १५ मिनेटका बैठक लागि स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर