सुन तस्करी प्रकरण : मन्त्रिपरिषदको आकस्मिक बैठक आह्वान

काठमाडौं । सुन तस्करी छानबिन आयोगको प्रतिवेदन गृहमन्त्रीमार्फत ग्रहण गरिसकेपछि निडर भएर प्रतिवेदनमा उल्लेख भएका व्यक्तिहरूलाई उचित कारवाही गर्न निर्देशन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार साँझ आकस्मिक मन्त्रिपरिषदको बैठक आह्वान गरेका गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त बैठक बोलाएको प्रधानमन्त्री निकट सूत्रले उल्लेख गरेको छ । छानबिन आयोगले माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महरा, सिआइबी प्रमुख किरण बज्राचार्य र पूर्वआइजिपी धीरजप्रताप शाहलगाउतलाई कारवाही गर्न सिफारिस गरिएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर